सिन्धुपाल्चोक । नेपालको साहसिक जल पर्यटनलाई विश्व सामु चिनाउने उद्देश्यसहित सिन्धुपाल्चोकको सुकुटेमा २२औं हिमालयन व्हाइट वाटर च्यालेन्ज सम्पन्न भएको छ।
‘नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज’ नाराले आयोजना गरेको प्रतियोगितामा राफ्टिङ र कायाकिङ विधामा खुल्ला प्रतिस्पर्धा आयोजना गरिएको थियो ।
राफ्टिङतर्फ १३ वटा टोलीलाई पछि पार्दै भोटेकोशी एड्भेन्चर क्लबले उपाधि हात पारेको छ भने साथमा ४० हजार नगद, मेडल र प्रमाणपत्र पाएको छ ।
यसैगरी प्रतियोगितामा राफ्टिङ स्टार क्याम्प दोस्रो र त्रिभुवन आर्मी क्लब तेस्रो भएका छन् । उनीहरुले क्रमश: नगद २० हजार र १० हजारसहित मेडल र प्रमाणपत्र हात पारेका छन् ।
प्रथम द्वितीय र तृतीय हुनेले निर्धारित दुरी क्रमश: २९ मिनेट ५१ सेकेन्ड, ३१ मिनेट ७ सेकेन्ड र ३१ मिनेट ३४ सेकेन्डमा पार गरेका छन्।
कायाकिङतर्फ सुरेन्द्र माझी प्रथम, कृष्ण खड्का द्वितीय र विजय माझी तृतीय भए । उनीहरुले निर्धारित दुरी क्रमश: ३० मिनेट ५१ सेकेन्ड, ३० मिनेट ५४ सेकेन्ड र ३१ मिनेट ३ सेकेन्डमा पार गर्दै उपाधि जितेका हुन्।
उपाधिसंगै प्रथम हुनेले नगद १५ हजार, द्वितीय हुनेले नगद १० हजार र तृतीय हुनेले नगद ५ हजार सहित मेडल र प्रमाणपत्र पाएका छन्।
राफ्टिङतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको ३ टोली र एक महिला टोलीसहित कुल १४ टोली सहभागी भएका थिए । यसै गरि कायाकिङतर्फ २ महिलासहित २४ जना खेलाडीले भाग लिएका थिए ।
प्रतियोगिता भोटेकोसी नदीको बलेफीदेखि चेहेरेसम्म कुल ९ किमी क्षेत्रमा संचालन गरिएको थियो ।
आयोजक संस्था नाराका महासचिव नारायण श्रेष्ठका अनुसार प्रतियोगिताको कुल खर्च १६ लाख रहेको छ । प्रतियोगितालाई बागमती प्रदेश पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड लगायतले सहयोग गरेका छन्।
प्रतियोगितामा सहभागी एक मात्र महिला टोलीलाई विशेष सम्मान समेत गरिएको छ।
तस्वीरहरु-
![](https://www.nepalviews.com/wp-content/uploads/2024/06/20240625084408__MG_2063_copy_1245x830.jpg)
Facebook Comment
Comment