माओवादी केन्द्रले माग्यो लेखा समिति सभापतिको राजीनामा

नेपालभ्युज

माओवादी केन्द्रले माग्यो लेखा समिति सभापतिको राजीनामा

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गरेको छ ।

समितिको सोमबारको बैठकमा माओवादी सांसद अमनलाल मोदीले राजीनामा मागेका हुन् ।

सरकारको नेतृत्व गरिरहेको सांसदकी पत्नी सहकारी ठगीमा संलग्न भएको र स्वयं सभापति पोखरेलमाथि नै प्रश्न उठेकाले राजीनामा दिनुपर्ने उनको भनाइ छ ।

मोदीले भनेका थिए, ‘सरकारका कामकारबाहीलाई चेक एन्ड ब्यालेन्स गर्नुपर्ने समितिकै सभापतिमाथि प्रश्न उठेपछि तपाईंले केही न केही त बोल्नुपर्ने हुन्छ, जवाफ दिनुपर्ने हुन्छ ।’

पोखरेलकी श्रीमती अञ्जला कोइरालाविरुद्ध मोरङको उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा मुद्दा दर्ता भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved