काठमाडौं । नेपालमा यामाहाको एक मात्र आधिकारिक वितरक एमएडब्लू राइड्सले देशभरिका च्याप्टर लिडरहरूलाई स्वागत गर्न ब्लू स्ट्रिक्स च्याप्टर लिडर अनबोर्डिंग इभेन्ट सम्पन्न गरेको छ ।
सुर्खेत, इटहरी, काठमाडौं (पेप्सीकोला, महाराजगन्ज, कलङ्की), भक्तपुर, सिन्धुली र पोखराका प्रतिनिधिहरू ब्लु स्ट्रिक्स पहल अन्तर्गत सहकार्य, नेतृत्व र समुदाय–सञ्चालित प्रगतिको यात्रामा जुटेका थिए ।
कार्यक्रमको मुख्य आकर्षण एमएडब्लु राइड्स र च्याप्टर लिडरहरूबीचको समझदारी पत्र (एमओयू) मा दुवै पक्षले हस्ताक्षर गरेका थिए ।
यसले यामाहा र यसका राइडर कम्युनिटीहरूबीचको सम्बन्धलाई सुदृढ बनाउने साझा प्रतिबद्धताको प्रतीकका रूपमा काम गर्नेछ । यो माइलस्टोन सम्झौताले स्थानीय नेतृत्वलाई बढावा दिन र ब्लू स्ट्रिक्स कार्यक्रममार्फत क्षेत्रीय संलग्नता बढाउन बलियो आधार तय गर्नेछ ।
यस महत्त्वपूर्ण अवसरमा एमएडब्लु राइड्सका कार्यकारी निर्देशक र सीईओ दीपक कुमार अग्रवालले नवनियुक्त लिडरहरूलाई सेरेमोनियल च्याप्टर लिडर किटहरू हस्तान्तरण गरे ।
कार्यक्रममा सम्बोधन गर्दै अग्रवालले भने, “ब्लु स्ट्रिक्स पहल समुदाय र नेतृत्वको शक्तिप्रति हाम्रो अटल विश्वासको प्रमाण हो । स्थानीय लिडरहरूलाई सशक्तीकरण गरेर हामीले साझा जोश, जिम्मेवारी र नवीनतामा हुर्किने एउटा बलियो र थप एकताबद्ध यामाहा परिवार सिर्जना गर्ने लक्ष्य राखेका छौँ ।”
कार्यक्रमले साझा मूल्य, सुरक्षा र नेतृत्वमा आधारित राइडर समुदायको निर्माण गर्न एमएडब्लू राइड्सको क्रियाशीलताको प्रमाणको रूपमा पनि काम गरेको छ ।
Facebook Comment
Comment