माओवादी केन्द्रले तय गर्‍यो केन्द्रीय कमिटी बैठकको एजेण्डा

नेपालभ्युज

माओवादी केन्द्रले तय गर्‍यो केन्द्रीय कमिटी बैठकको एजेण्डा

काठमाडौं । नेकपा माओवादी केन्द्रले पुस २१ गतेदेखि बस्ने केन्द्रीय कमिटीको बैठकको एजेण्डा तय गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार बसेको माओवादी स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीमा प्रस्तुत हुने पार्टी रुपान्तरण र पुननिर्माणको सङ्कल्प आजको आवश्यकता शीर्षकको अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनसहितका विषयमा छलफल गर्ने गरी एजेण्डा तय गरेको हो ।

त्यस्तै, अध्यक्षलगायत प्रदेशका अध्यक्षहरुले रिपोर्टिङ गरिने, आगामी कार्ययोजना लगायतका एजेण्डासमेत तय भएको प्रवक्ता अग्नि सापकोटाले बताए ।

बैठकमा प्रचण्डले संविधान संशोधनलाई बहाना बनाएर कांग्रेस–एमालेले अप्राकृतिक रुपमा सरकार बनाएको बताएको प्रवक्ता सापकोटाले जानकारी दिए ।

अहिले संविधान संशोधन नभई संविधानको प्रभावकारी कार्यान्वयनमा जानुपर्नेमा प्रचण्डको जोड रहेको उहाले बताए । संविधान संशोधन गर्नुपर्ने भएमा राष्ट्रिय दृष्टिकोण कायम गर्नुपर्नेमा माओवादीको धारणा रहेको प्रवक्ता सापकोटाले धारणा राखे ।

त्यस्तै, उनले अन्तर्राष्ट्रिय विषयका बारेमा सरकार उदासीन भएको र असफल भएको जिकिर गरे । सरकारको ध्यान भ्रष्टचारी र विचौलियालाई जोगाउनका लागि केन्द्रित भएको उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved