संसद्‌को अधिवेशन आह्वान गर्न माओवादी केन्द्रले सरकारलाई दबाब दिने

नेपालभ्युज

संसद्‌को अधिवेशन आह्वान गर्न माओवादी केन्द्रले सरकारलाई दबाब दिने

काठमाडौं । नेकपा माओवादी केन्द्रले सङ्घीय संसद्‌को अधिवेशन आह्वान नभए सरकारलाई दबाब दिने जनाएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारले नियतवश अधिवेशन आह्वान नगरेको भन्दै सबै दलसँग छलफल गरेर दबाब सिर्जना गर्ने बताएका हुन् ।

उनले संसद् छलेर सरकारले दलविभाजनसम्बन्धी अध्यादेश ल्याउन खोजेको अरोप लगाए । सापकोटाले चाँडोभन्दा चाँडो संसद्‌को अधिवेशन आह्वान गर्न सरकारलाई आग्रह समेत गरे ।

बैठकमा ३० जना स्थायी कमिटी सदस्यले अध्यक्ष प्रचण्डले मौखिक रुपमा राखेको राजनीतिक प्रतिवेदनमाथि धारणा राखेको प्रवक्ता सापकोटाले बताए ।

बैठकमा प्रचण्डले देशका सबै तहका जनतामाझ पुगेर समस्या बुझ्ने गरि विभिन्न अभियान सञ्चालन गर्ने र त्यसमा अध्यक्षसहित सबै केन्द्रीय नेताहरु समेत सहभागी हुने बताए ।

पुष २१ गतेदेखि सुरु हुने केन्द्रीय कमिटीको तयारीका लागि माओवादीको स्थायी कमिटीको बैठक निरन्तर बसिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved