मयनको शतकमा मधेसले दियो बागमतीलाई १६४ रनको लक्ष्य, सन्दीपको फाइफर

नेपालभ्युज

मयनको शतकमा मधेसले दियो बागमतीलाई १६४ रनको लक्ष्य, सन्दीपको फाइफर
तस्वीर स्रोतः क्यान

काठमाडौं । जय ट्रफी एलिट कप क्रिकेटमा मधेस प्रदेशले बागमतीलाई १६४ रनको लक्ष्य दिएको छ ।

रामजानकी मल्टिपर्पस स्टेडियममा जारी खेलको दोस्रो इनिङ्समा मधेसले ४३.२ ओभरमा ९ विकेटको क्षतिमा २११ रन बनाएको हो ।

मधेस पहिलो इनिङ्समा १०२ रनमा अलआउट भएको थियो । जबकी बागतमी आफ्नो पहिलो इनिङ्समा १५० रनमा आउट हुँदा ४८ रनले अग्रता लिएको थियो ।

दोस्रो इनिङ्समा मधेसका लागि मयन यादवले शतकीय पारी खेले । उनी १०८ बलमा १२ चौका र २ छक्का प्रहार गर्दै १०६ रनमा आउट भए ।

बागमतीका लागि भने सन्दीप लामिछानेले ५ विकेट लिए । सो क्रममा उनले १७ ओभरमा ८८ रन खर्चे । उनले एक मेडन ओभर पनि फाले ।

१४.४ ओभरमा सन्दीपले साहिल पटेललाई शून्यमा आउट गरे । १६.५ ओभरमा सन्दीपले हिमान्शु दत्तलाई ८ रनमा आउट गरे । २२.१ ओभरमा विशाल पटेललाई १४ रनमा आउट गरे ।

३४.६ ओभरमा सन्दीपले मयनलाई १०६ मा आउट गरे । सन्दीपले ३६.४ ओभरमा अभिषेक तिवारीलाई १९ रनमा आउट गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved