प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

नेपालभ्युज

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भेटवार्ता भएको हो ।

भेटमा संयुक्त समाजवादी मोर्चा लगायतका विषयमा छलफल भएको एक नेताले बताए । साथै, पछिल्लो राजनीतिक घटनाक्रम लगाएतका विषयमा पनि छलफल भएको बुझिएको छ ।

भेटमा माओवादीका उपमहासचिव वर्षमान पुन, एकीकृत समाजवादीका वरिष्ठ नेता बेदुराम भुसाललगायतका नेताहरु पनि सहभागी थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved