विश्वविजेता गोलकिपर बुफोन नेपाल आउने

नेपालभ्युज

विश्वविजेता गोलकिपर बुफोन नेपाल आउने

काठमाडौं । फिफा विश्वकप विजेता ‘महान’ गोलकिपर जियोनलियोजी बुफोन नेपाल आउने भएका छन् ।

उनी केपी ओली कप फुटबल प्रतियोगिता हेर्न नेपाल आउन लागेको नेकपा एमालेको भ्रातृ सङ्गठन नेपाल युवा सङ्घका अध्यक्ष क्षितिज थेवेले सामाजिक सञ्जालमार्फत जानकारी दिए ।

केपी ओली कपको फागुन १९ गते हुने फाइनलका दौरान बुफोन दशरथ रङ्गशालामा उपस्थित रहने उनको भनाइ छ ।

त्यसअघि ब्राजिलियन ‘महान’ खेलाडी मध्येका रोनाल्डिन्हो र रोबर्टो कार्लोसलाई प्रस्ताव राखिएको भएपनि उनीहरूले कारणवश आउन असमर्थ भएपछि बफोनलाई बोलाइएको हो ।

सन् २००६ को विश्वकप विजेता बुफोन इटालीका लागि सबैभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेल्ने गोलकिपर हुन् । उनले इटालीका लागि कीर्तिमानी १७६ खेल खेलेका छन् । इटालीबाट ८० खेलमा कप्तानीसमेत गरेका उनले ५ वटा विश्वकप खेलेका थिए ।

हाल ४७ वर्ष पुगेका बुफोनले १० पटकका इटालियन सिरी ‘ए’को उपाधि जितेका छन् ।

सन् २०१८ मा उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए । व्यावसायिक खेल जीवन भने उनले सन् २०२३ मा सकेका थिए ।

केपी ओली कप आइतबारबाट सुरु हुँदैछ । प्रतियोगितामा २ विदेशीसहित ९ टोलीको सहभागिता रहने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved