लदी पर्वमा बागमती प्रदेशले सार्वजनिक बिदा दिने

नेपालभ्युज

लदी पर्वमा बागमती प्रदेशले सार्वजनिक बिदा दिने

हेटौंडा । बागमती प्रदेश सरकारले माझी समुदायको लदी पर्वमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रत्येक वर्षको फागुन २० गते मनाइने लदी पर्वमा माझी समुदायका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने बताए ।

बाग्मती प्रदेशमा मकवानपुर, चितवन, सिन्धुली, दोलखा, धादिङ जिल्लामा माझी समुदायको बसोबास छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved