च्याम्पियन्स ट्रफी

अर्थहीन खेलमा पाकिस्तान र बङ्गलादेश भिड्दै

नेपालभ्युज

अर्थहीन खेलमा पाकिस्तान र बङ्गलादेश भिड्दै

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताअन्तर्गत आज (बिहीबार) अर्थहीन खेलमा आयोजक पाकिस्तान र बङ्गलादेश भिड्दैछन् ।

यो खेल नेपाली समयअनुसार दिउँसो २ः४५ बजे रावलपिण्डीमा हुनेछ ।

समूह ‘ए’बाट पाकिस्तान र बङ्गलादेश पहिलो चरणबाटै बाहिरिइसकेका छन् । यो खेलको हारजितले सेमिफाइनल समीकरणमा कुनै असर गर्दैन । यसर्थ यी दुईबीचको खेललाई अर्थहीन भनिएको हो ।

यद्यपि आज दुवै टोली खेल जितेर प्रतिष्ठा जोगाउने लक्ष्यमा हुनेछन् । आजको विजेताले प्रतियोगितामा जितको खाता खोल्नेछ । यसअघि भएका दुवै खेलमा यी दुई टोली पराजित भएका थिए ।

यो समूहबाट न्युजिल्यान्ड र भारत सेमिफाइनलमा पुगिसकेका छन् ।

अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्यान्ड समूह चरणबाटै बाहिरियो


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved