च्याम्पियन्स ट्रफी : सेमिफाइनलमा पुग्न अष्ट्रेलियालाई २७४ रनको लक्ष्य

नेपालभ्युज

च्याम्पियन्स ट्रफी : सेमिफाइनलमा पुग्न अष्ट्रेलियालाई २७४ रनको लक्ष्य

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुग्न अष्ट्रेलियाले २७४ रनको लक्ष्य पाएको छ ।

पाकिस्तानको गद्दाफी रङ्गशालामा जारी खेलमा टस जितेर ब्याटिङ थालेको अफगानिस्तानले अन्तिम बलमा अलआउट हुँदै २७३ रन बनाएको छ ।

यस खेल जिते अष्ट्रेलिया सेमिफाइनलमा पुग्नेछ ।

अफगानिस्तानका लागि सिदीकुल्लाह अटलले ८५ रनको अर्धशतकीय पारी खेले । अजमातुल्लाह उमरजाईले ६७ रन जोडे ।

अष्ट्रेलियाका लागि एडम जाम्पा र स्पेन्सर जोनसनले दुई/दुई विकेट लिए ।

अफगानिस्तान टोली हाल समूह ‘बी’ अङ्क तालिकामा २ अङ्कसहित तेस्रो स्थानमा छ भने अष्ट्रेलियाको टोली ३ अङ्कसहित सोही समूहमा दोस्रो स्थानमा छ । आजको खेल जित्नु दुवै टोलीका लागि धेरै महत्त्वपूर्ण छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved