च्याम्पियन्स ट्रफी : सेमिफाइनल खेल्ने चार टोलीको टुङ्गो लाग्यो

नेपालभ्युज

च्याम्पियन्स ट्रफी : सेमिफाइनल खेल्ने चार टोलीको टुङ्गो लाग्यो
स्केच साभार : आईसीसी

काठमाडौं । नवौं संस्करणको आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनल खेल्ने चार टोलीको टुङ्गो लाग्यो । शनिबार राति पाकिस्तानको कराँचीमा भएको खेलमा दक्षिण अफ्रिकाले इङ्ल्यान्डलाई ७ विकेटले हराएसँगै अन्तिम चार समीकरण पूरा भएको हो ।

यससँगै समूह ‘बी’बाट दक्षिण अफ्रिका समूह विजेता बन्दै सेमिफाइनलमा पुग्दा अष्ट्रेलिया उपविजेता बनेको छ । समान ३ खेलबाट दक्षिण अफ्रिकाले ५ र अष्ट्रेलियाले ४ अङ्क जोडेका हुन् । दक्षिण अफ्रिकाले इङ्ल्यान्डसँगै अफगानिस्तानलाई पनि हराएको हो । अष्ट्रेलियासँगको खेल भने वर्षाका कारण अनिर्णित भएर १–१ अङ्क बाँडिएको थियो ।

यस्तै अष्ट्रेलियाले इङ्ल्यान्डलाई हराएको थियो भने दक्षिण अफ्रिका र अफगानिस्तानबीचको खेल भने वर्षाले प्रभावित बनेको थियो । यसले गर्दा अष्ट्रेलियाले दुवै टोलीसँग १–१ अङ्क बाँडेको थियो ।

यो समूहबाट अफगानिस्तान र इङ्ग्ल्यान्ड भने बाहिरिएका छन् । अफगानिस्तानले ३ अङ्क जोड्न सफल रहँदा इङ्ल्यान्ड भने अङ्विहीन रहेको छ । । नवप्रवेशी अफगानिस्ताने इङ्ल्यान्डलाई हराएको थियो । क्रिकेटको परम्परागत शक्ति मानिएको इङ्ल्यान्डले भने सबै खेल हार्यो ।

समूह ‘ए’बाट न्युजल्यान्ड र भारत सेमिफाइनलमा पुग्दा बङ्गलादेश र आयोजक पाकिस्तान भने बाहिरिए । न्युजिल्यान्ड र भारत दुवैले बङ्गलादेश र पाकिस्तानमाथि जित हासिल गर्दै ४–४ अङ्क जोडेका छन् । बङ्गलादेश र पाकिस्तानबीच खेल भने वर्षाका कारण बाधक बनेको थियो । यसले गर्दा उनीहरूले १–१ अङ्क बाँडेका छन् ।

अब आज (आइतबार) हुने न्युजिल्यान्ड र भारतबीचको खेलले समूह विजेताको टुङ्गो लाग्नेछ । फाइनल प्रवेशका लागि समूह ‘ए’को विजेताले समूह ‘बी’को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

यसैगरी समूह ‘बी’को विजेताले समूह ‘ए’को उपविजेतासँग भिडन्त गर्नेछ ।

समूह ‘बी’ विजेता दक्षिण अफ्रिकाले भारत वा न्युजिल्यान्ड प्रतिद्वन्द्वी पाउने छ । उपविजेता अष्ट्रेलियाले पनि यिनै दुईमध्ये एक प्रतिद्वन्द्वी पाउने छ ।

दक्षिण अफ्रिका समूह विजेता बन्दै सेमिफाइनलमा

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved