भारतको जितसँगै च्याम्पियन्स ट्रफीको फाइनल यूएईमा हुने निश्चित

नेपालभ्युज

भारतको जितसँगै च्याम्पियन्स ट्रफीको फाइनल यूएईमा हुने निश्चित

काठमाडौं । च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको फाइनल खेल यूएईमा हुने निश्चित भएको छ ।

सेमिफाइनलमा भारत पुगेसँगै फाइनल खेल पाकिस्तानको सट्टा यूएईमा हुने निश्चित भएको हो । मङ्गलबार राति भएको खेलमा भारतले अष्ट्रेलियालाई ४ विकेटले हराएर उपाधि भिडन्त पक्का गरेको थियो ।

खासमा च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तान हो । तर सुरक्षाको कारण देखाउँदै भारत पाकिस्तान नजाने भएपछि भारतीय टोलीका सबै खेल यूएईको दुबई अन्तराष्ट्रिय रङ्शालामा हुने तय भएको थियो । अहिले भारत फाइनलमा पुगेपछि उपाधि भिडन्त दुबईमा नै हुने निश्चित भएको छ ।

यदि भारत सेमिफाइनलमा पराजित भएको भए फाइनल खेल पाकिस्तानको लाहोरस्थित गद्दाफी रङ्गशालामा हुने थियो । भारतको जितसँगै पाकिस्तान फाइनल खेल आयोजना गर्नबाट बञ्चित भएको छ । पाकिस्तानले तीन दशकपछि आईसीसीको प्रतियोगिता आयोजना गरिरहेको हो ।

दक्षिण अफ्रिका र न्युजिल्यान्डबीचको विजेताले भारतसँग मार्च ९ मा उपाधि भिडन्त गर्नेछ ।

अष्ट्रेलियासँग भारतको बदला, चार विकेटले हराउँदै फाइनलमा

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved