च्याम्पियन्स ट्रफी

दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड फाइनलमा, भारतसँग उपाधि भिडन्त

नेपालभ्युज

दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड फाइनलमा, भारतसँग उपाधि भिडन्त

काठमाडौं । दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति सकिएको दाेस्राे सेमिफाइनलमा  सन् २००० काे विजेता न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई ५० रनको फराकिलो अन्तरले हराएको हाे ।

यससँगै न्युजिल्यान्डले उपाधि भिडन्तका लागि दुई पटकको विजेता भारत प्रतिद्वन्द्वी पाएको छ । फाइनल खेल यही फागुन २५ गते यूएईको दुबई अन्तर्राष्ट्रिय रङ्गशालामा हुनेछ । यसअघि भएको पहिलो सेमिफाइनलमा अष्ट्रेलियालाई हराएर भारत फाइनलमा पुगेको हाे ।

पाकिस्तानको लाहोरस्थित गद्दाफी रङ्गशालामा टस जितेर ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३६२ रन बनाएको थियो ।

न्युजिल्यान्डका लागि दुई खेलाडीले शतक प्रहार गरे । प्लेयर अफ दी म्याचसमेत भएका रचिन रवीन्द्रले १०८ तथा केन विलियम्सले १०२ रनको योगदान दिए ।

सन् १९९८ को विजेता दक्षिण अफ्रिकाका लागि लुङ्गी नगिदीले सर्वाधिक ३ विकेट लिए ।

तीन सय ६३ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिकाले पूरै ओभर खेल्दै ९ विकेटको क्षतिमा ३१२ रन मात्र बनाउन सक्यो ।

डेभिड वार्नरले अविजित शतक प्रकार गरेपनि त्यो आफ्नो टोलीको जितका लागि पर्याप्त भएन । दक्षिण अफ्रिकाले सुरुवाती समय ब्याटिङमा राम्रै प्रदर्शन गरेपनि मध्यक्रम टिक्न नसक्दा हार ब्यहोरेको हो ।

न्युजिल्यान्डका लागि कप्तान किचेल सान्टनरले ३ तथा म्याट हेनरी र ग्लेन फिलिप्सले २–२ विकेट लिए ।

विगत हेर्दा न्युजिल्यान्डमाथि दक्षिण अफ्रिका हाबी थियो । यी दुई टोलीबीच यसअघि भएका ७३ वटा एकदिवसीय (ओडीआई) खेलमध्ये दक्षिण अफ्रिका ४२ मा विजयी भएको थियाे ।

न्युजिल्यान्ड भने २६ खेलमा मात्र विजयी भएको थियो । यद्यपि बुधबार महत्वपूर्ण खेलमा भने न्युजिल्यान्डले बाजी मारेको छ ।

तीनवटै खेल हारेर समूह चरणबाटै बाहिरिएको इङ्ल्यान्डका दुई खेलाडी बढी रन बनाउनेको शीर्ष स्थानमा

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved