गेटा मेडिकल कलेजलाई चिकित्सा विश्विद्यालय बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता

नेपालभ्युज

गेटा मेडिकल कलेजलाई चिकित्सा विश्विद्यालय बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता

कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीले गेटा मेडिकल कलेजलाई छिट्टै चिकित्सा विश्वविद्यालयका रूपमा स्तरोन्नति गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सुदूरपश्चिम विश्वविद्यालयको पाँचौं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपति ओलीले गेटा मेडिकल कलेजलाई चिकित्सा विश्वविद्यालयका रूपमा स्तरोन्नति गरिने बताएका हुन् ।

‘गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउनुपर्छ भनेर मैलेले पहिलेदेखि नै कुरा उठाउँदै आएको थिएँ,’ ओलीले भने, ‘नेपालमा कुनै पनि क्षेत्रमा मेडिकल विश्वविद्यालय छैन, त्यो अब यहाँ बन्छ ।’

कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयको पाँचौं दीक्षान्त समारोहमा तीन सय ७२ विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालयका मानविकी तथा समाजशास्त्र, शिक्षा, व्यवस्थापन, इन्जिनियरिङ र कृषि विज्ञानमा स्नातक र स्नातकोत्तर उपाधि हासिल विद्यार्थी दीक्षित भएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved