रचिन च्याम्पियन्स ट्रफीका सर्वोत्कृष्ट खेलाडी घोषित

नेपालभ्युज

रचिन च्याम्पियन्स ट्रफीका सर्वोत्कृष्ट खेलाडी घोषित

काठमाडौं । उपविजेता न्युजिल्यान्डका रचिन रवीन्द्र च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ दी सिरिज) घोषित भएका छन् ।

प्रतियोगितामा उनले सर्वाधिक २६३ रन बनाएका छन् । उनले प्रतियोगितामा दुईवटा शतक बनाएका थिए ।

रचिनले चार इनिङ्स खेल्दा औसतमा ६८.७५ रन बनाए । उनको स्ट्राइक रेट १०६.४७ रहेको थियो ।

भारतविरुद्धको फाइनलमा रचिनले २९ बलमा ३७ रन बनाए ।

आइतबार राति यूएईमा सकिएको फाइनलमा न्युजिल्यान्डलाई चार विकेटले हराएर भारतले उपाधि जितेको छ ।

न्युजिल्यान्डलाई हराउँदै भारतले जित्यो कीर्तिमानी तेस्रो उपाधि, लियो २५ वर्षअघिको बदला


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved