धरानको सामुदायिक वनभित्र महिलाको शव फेला

नेपालभ्युज

धरानको सामुदायिक वनभित्र महिलाको शव फेला
प्रतीकात्मक तस्वीर ।

धरान । सुनसरीको धरान उपमहानगरपालिका–६ पाचँकन्या सामुदायिक वनभित्र एक महिलाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाका अनुसार सोमबार दिउँसो अन्दाजी ३० वर्षीया महिलाको शव फेला परेको हो । हालसम्म शवको पहिचान खुल्न नसकेको र अनुसन्धान भइरहेको उनले बताए ।

इलाका प्रहरी कार्यलय, जिल्ला प्रहरी कार्यलय, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको टोलीले तालिम प्राप्त कुकुरसहित घटनास्थल पुगेर अनुसन्धान अघि बढाएको छ । शव परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । -रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved