कोशीसहित तीनवटा प्रदेशमा चट्याङ्गसहित वर्षा, देशभर तुँवालो

नेपालभ्युज

कोशीसहित तीनवटा प्रदेशमा चट्याङ्गसहित वर्षा, देशभर तुँवालो
फाइल तस्वीर

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै बङ्गालको खाडीबाट भित्रिएको जलवाष्फयुक्त हावाको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आङ्शिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आङ्शिक बदली रहेको छ । कोशी, बागमती र गण्डकी गरी तीनवटा प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने देशभर तुँवालो लागेको अवस्था छ ।

विभागका अनुसार आज (बुधबार) कोशी प्रदेशको हिमाली क्षेत्रमा आङ्शिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

पहाडी क्षेत्रमा आङ्शिकदेखि साधारणतया बदली रही केही स्थानमा मेघार्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा आङ्शिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आङ्शिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आङ्शिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved