५७ सयले बढेर सुनको मूल्यले राख्यो रेकर्ड

नेपालभ्युज

५७ सयले बढेर सुनको मूल्यले राख्यो रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनले उच्च मूल्यको रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ८१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । जुन अहिलेसम्मकै उच्च मूल्य हो । सुनको मूल्य आज तोलामा ५ हजार ७ सय रुपैयाँले समेत बढेको छ ।

यसअघि २१ चैतमा सुन तोलाको १ लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार हुँदै उच्च मूल्यको रेकर्ड कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले बढेर १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved