टिपरको ठक्करबाट दाइको मृत्यु, बहिनी घाइते

नेपालभ्युज

टिपरको ठक्करबाट दाइको मृत्यु, बहिनी घाइते

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ बरचौरमा शनिबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्की गम्भीर घाइते भएकी छन्।

ग १ ख ५८७५ नम्बरको टिपरले स्कुटरलाई ठक्कर दिँदा व्यास नगरपालिका–५ पाटनका २८ वर्षीय मनिष आलेको घटनास्थलमै मृत्यु भएको हो। स्कुटर चालक मनिषसँगै पछाडि सवार उनकी बहिनी अनिशा आले गम्भीर घाइते भएकी छन्।

घाइते अनिशालाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि पोखरा रेफर गरिएको प्रदेश अस्पताल दमौलीले जनाएको छ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved