६२ किलो गाँजासहित एक युवा पक्राउ

नेपालभ्युज

६२ किलो गाँजासहित एक युवा पक्राउ

रौतहट । बारा प्रहरीले ६२ किलो ५५ ग्राम लागुऔषध गाँजासहित एक युवालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यलय अमलेखगञ्जबाट खटिएको प्रहरी टोलिले जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ मा रहेको छठिमाईघाटबाट बरामद उक्त गाँजा गरेको हो ।

हेटौँडाबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०२ – ०४२–००९ प ७०९५ र ना ५४ प ५२७० नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा गाँजा फेला परेको बारा प्रहरीले जानकारी दिएको छ ।

मोटरसाइकलमा रहेका प्रहरी टोलीलाई देख्नासाथ भागेको र एकजना भने पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए ।

उनका अनुसार मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं. १३ पदमपोखरी बस्ने बर्ष २७ का विवेक थिङलाई पक्राउ गरिएको हो । चारवटा ब्यागमा रातो प्लास्टिकमा बेरी लुकाइछिपाइ लगिरहेको अवस्थामा बरामद गरिएको उनले बताए ।

उनीमाथि आवश्यक कानुनी कारवाही प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved