मकवानपुरमा चट्याङ लागेर एक युवाको मृत्यु, दुईजना घाइते

नेपालभ्युज

मकवानपुरमा चट्याङ लागेर एक युवाको मृत्यु, दुईजना घाइते
फाइल तस्वीर ।

हेटौँडा । मकवानपुरमा चट्याङ लागेर एक युवाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

मनहरी गाउँपालिका वडा नम्बर–५ वसन्तपुरस्थित आफन्तको घरबाट आइतबार साँझ आफ्नो घर दरदरातर्फ आउने क्रममा चट्याङ लगेर २८ वर्षीय अविरल थिङको मृत्यु भएको हो ।

सोही घटनामा ५६ वर्षीय सिंहबहादुर थिङ (मृतकका बवा) र १० वर्षीय सौगात गोले घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved