नयाँ वर्षको पहिलो दिन : पशुपतिमा दर्शनार्थीको भीड (तस्वीरहरू)

नयाँ वर्षको पहिलो दिन : पशुपतिमा दर्शनार्थीको भीड (तस्वीरहरू)

काठमाडाैं । आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन हो । देशभर आज एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ नयाँ वर्ष मनाइँदै छ ।

आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष माधव भट्टराई बताउँछन् ।

काठमाडौंको पशुपतिनाथ मन्दिरमा आज नयाँ वर्षको सन्दर्भमा दर्शनार्थीको भीड लागेको छ । साथै आज सोमबार पनि भएकोले पशुपतिमा दर्शनार्थीको भीड लागेको हाे ।

हेरौँ तस्वीरमा :


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved