इलाममा १२ देशका राजदूतलाई परराष्ट्रमन्त्रीको ‘डिप्लोम्याटिक रिट्रिट’ (तस्वीरहरू)

नेपालभ्युज

इलाममा १२ देशका राजदूतलाई परराष्ट्रमन्त्रीको ‘डिप्लोम्याटिक रिट्रिट’ (तस्वीरहरू)

इलाम । नयाँ वर्ष २०८२ मनाउन परराष्ट्रन्त्री आरजु राणा देउवासहित १२ देशका इलाम पुगेका छन् ।

परराष्ट्रमन्त्रीसहित १२ देशका राजदूत पर्यटकीय नगरी सूर्योदय नगरपालिका पुगेका हुन् । उनीहरूले कन्यामको चिया बगानमा जातीय पहिरन लगाएर घोड सवार गरे ।

त्यस्तै अन्तुमा चियाबारी घुम्नुका साथै चियाको स्वाद पनि लिएका छन् ।

परराष्ट्र मन्त्रालय र पर्यटन बोर्डले पूर्वको पर्यटकीय गन्तव्य इलामको कन्याम र श्रीअन्तु डाँडाको प्रवद्र्धनका लागि संयुक्त रुपमा नयाँ वर्षको अवसरमा परराष्ट्रमन्त्री राणाले ‘रिट्रिट’को आयोजना गरेकी हुन् ।

मन्त्री राणासहित राजदूतहरूले विभिन्न जातजातिका साँस्कृतिक पहिरन लगााएर कन्याममा फोटोसुटसमेत गरे । होमस्टे एशोसिएसन तथा समुदायले रैथाने लाप्चा संस्कृतिको माला लगाएर मन्त्री राणा र विभिन्न राष्ट्रका डेलिगेट्सलाई स्वागत गरेका छन् ।

‘डिप्लोम्याटिक रिट्रिट’ नाम दिइएको कार्यक्रममा सहभागी परराष्ट्र मन्त्रीसहितको राजदूतको टोलीलाई नगर प्रमुख रणबहादुर राई, उपप्रमुख दुर्गाकुमार बराल, प्रमुख प्रशासकीय अमृत राईसहित सुर्योदय नगरपालिकाका जनप्रतिनिधिले स्वागत गरेका थिए ।

राजदूतहरुले कन्याममा झाँक्री र साकेला नृत्यको मनोरञ्जन लिँदै घोडचढी र चियाबारी भित्रको पदयात्राको मनोरञ्जन लिए । उनीहरू आज (सोमबार) अन्तुडाँडाबाट सुर्योदयको दृश्यावलोकन, अन्तुपोखरीमा वोटिङ, टि–टेस्टिङ, टि–प्लकिङ र फिसिङलगायत कार्यक्रममा सहभागी भइरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved