जेलेन्स्कीले ट्रम्पलाई भने – युक्रेनको अवस्था हेरेर आउनुहोस्

नेपालभ्युज

जेलेन्स्कीले ट्रम्पलाई भने – युक्रेनको अवस्था हेरेर आउनुहोस्

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पलाई युक्रेन भ्रमणको निम्तो दिएका छन् ।

जेलेन्स्कीले युद्ध अन्त्य गर्न रुससँग कुनै पनि सम्झौता गर्नुअघि ट्रम्पले युक्रेनको भ्रमण गर्नुपर्ने बताए ।

उनले भने, “कृपया कुनै पनि निर्णय, कुनै पनि छलफल अघि यहाँ आउनुहोस् र मानिसहरूलाई हेर्नुहोस्, सेनालाई हेर्नुहोस्, अस्पतालहरू हेर्नुहोस्, चर्चहरू हेर्नुहोस्, नष्ट गरिएका वा मारिएका बालबालिकाहरूलाई हेर्नुहोस् ।”

जेलेन्स्कीले सीबीएस न्यूजको ‘६० मिनेट’ कार्यक्रममा यी कुराहरू भनेका हुन् ।

यो अन्तर्वार्ता आइतबार युक्रेनी शहर सुमीमा रुसी क्षेप्यास्त्र आक्रमण हुनुभन्दा पहिले रेकर्ड गरिएको थियो । यस आक्रमणमा २ बालबालिका सहित ३४ जनाको मृत्यु भएको थियो । यसबाहेक ११७ जना घाइते पनि भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved