काठमाडौं । धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) २०२५ को क्वालिफायर वानमा प्रवेश गरेको छ। धनगढीले सोमबार झापा एफसीलाई १-० ले पराजित गर्दै क्वालिफायर वानमा आफ्नो स्थान सुरक्षित गरेको हो।
दशरथ रङ्गशालामा भएको खेलमा धनगढीले दोस्रो हाफमा निर्णायक गोल गर्यो। सर्जियो बार्बोजाले दायाँ भागबाट दिएको क्रसलाई झापाका डिफेन्डर दिपेश धिमालले रोक्ने प्रयास गर्दा आफ्नै पोस्टमा गोल हुन पुग्यो। गोलकिपर एन्जल श्रेष्ठले बल रोक्ने अवसर नै पाएनन्।
यो जितसँगै धनगढी ५ खेलबाट ११ अंक जोडेर तालिकाको शीर्ष स्थानमा पुगेको छ। साविक विजेता ललितपुर सिटी यसअघि नै क्वालिफायर वानमा पुगिसकेको छ।
झापा एफसीको भने यो पहिलो हार हो। ५ खेलबाट ४ अंक जोडेको झापा तालिकाको छैटौं स्थानमा छ र प्लेअफ पुग्ने सम्भावना कमजोर बनेको छ।
Facebook Comment
Comment