सुनसरीको देवानगञ्जमा गोली चल्यो, एक जना गम्भीर घाइते

नेपालभ्युज

सुनसरीको देवानगञ्जमा गोली चल्यो, एक जना गम्भीर घाइते
प्रतीकात्मक तस्वीर ।

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिकामा अज्ञात समूहले गोली चलाउँदा एक जना गम्भीर घाइते भएका छन्।

कोशी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी भीम बहादुर दाहालका अनुसार, देवानगञ्ज गाउँपालिका वडा नम्बर २ मा सोमबार साँझ ६:४५ बजे मोटरसाइकलमा आएको अज्ञात समूहले तीन राउण्ड गोली प्रहार गरेको थियो।

गोली लागेर स्थानीय शिव कुमार महतो गम्भीर घाइते भएका छन्। उनको कम्मरमुनि गोली लागेको छ। प्रहरीका अनुसार, उनको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ र अवस्था गम्भीर छ।

घटनाको कारण र संलग्न अभियुक्तहरूको पहिचानका लागि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved