सङ्खुवासभामा चट्याङ लागेर चारजना घाइते

नेपालभ्युज

सङ्खुवासभामा चट्याङ लागेर चारजना घाइते
फाइल तस्वीर ।

किमाथाङ्का । सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ साठीमुरेमा चट्याङ लागेर एकै परिवारका चारजना घाइते भएका छन् ।

सोमबार साँझ हावाहुरी तथा पानीसँगै आएको चट्याङ लागेर खाँदबारी–९ साठीमुरेमा एकैपरिवारका चारजना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

चट्याङ लागेर कोपिला श्रेष्ठ, १८ वर्षीय छोरा गगन श्रेष्ठ, १८ वर्षीया बुहारी बविता मगर र १३ वर्षीया छोरी निरुता श्रेष्ठ घाइते भएका हुन् । घाइते सबैको जिल्ला अस्पताल सङ्खुवासभामा उपचार भइरहेको प्रनाउ बस्नेतले बताए । उपचाररत चारैजना खतरामुक्त रहेका अस्पतालले जनाएको छ । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved