गगनको गुनासो : देशलाई कंकर्डको स्पिड चाहिएको छ, सरकार ट्याक्टर स्टाइलले चल्यो

नेपालभ्युज

गगनको गुनासो : देशलाई कंकर्डको स्पिड चाहिएको छ, सरकार ट्याक्टर स्टाइलले चल्यो

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले नागरिकका अपेक्षा पूरा गर्नका लागि सरकारले गति लिन नसकेको बताएका छन् ।

काङ्ग्रेसनिकट बौद्धिक पेसाकर्मीले मङ्गलबार काठमाडौंमा आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा उनले सरकारलाई सफल बनाउन आफूले जोखिम उठाउन खोजेपनि मूल नेतृत्वमा उत्साह र गति नदेखिएको भन्दै गुनासो गरे ।

महामन्त्री थापाले देशले कंकर्डको गति लिनुपर्ने बेलामा सरकार ट्याक्टर स्टाइलले चलिरहेकोमा असन्तुष्टि व्यक्त गरे । तर सरकार र गठबन्धन बदल्ने पक्षमा भने आफू नरहेको उनले प्रष्ट पारे ।

‘एमालेसँग मिलेर दुई ठूला सरकारले संविधानमा संशोधन गर्दै सरकार सञ्चालन र सुशासनमा व्यापक सुधार गर्छौँ भन्ने सोचेका थियाै‌ं । मलाई सरकारमा बसेर भूमिका खेल्ने प्रस्ताव आउँदा सरकारमा सहभागी हुन्न तर बाहिर बसेर यसलाई सफल बनाउने सन्दर्भमा वार फुटिङमा काम गर्छु,’ उनले भने, ‘व्यक्तिगतरुपमा जोखिम उठाउन र घाउ खान तयार भएको हो । गाली खान तयार भएर सुरुमा जोतिएर काम गरेको हो । खासगरी इकोनोमिक फ्रन्टमा काम गर्ने भनेर उत्साहका साथ धेरै कुरा बदल्न सकिन्छ भनेर गरेको हो । देशलाई चाहिएको कंकर्डको गति हो तर तर सरकार ट्याक्टरको गतिमा छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved