ट्रम्पको आरोप – युक्रेन युद्धको जिम्मेवार जेलेन्स्की, पुटिन र बाइडन

नेपालभ्युज

ट्रम्पको आरोप – युक्रेन युद्धको जिम्मेवार जेलेन्स्की, पुटिन र बाइडन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्धको जिम्मेवार तीन व्यक्ति भएको आरोप लगाएका छन् ।

ट्रम्पकाअनुसार ती तीन व्यक्ति युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्की, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र पूर्वअमेरिकी राष्ट्रपति जो बाइडन हुन् ।

तीन जनाको कारण लाखौं मानिस मारिएको ट्रम्पको आरोप छ । एल साल्भाडोरका राष्ट्रपतिसँगको भेटपछि ट्रम्पले भने, “जब तपाईं युद्ध सुरु गर्नुहुन्छ, तपाईंले युद्ध जित्न सक्नुहुन्छ भन्ने कुरा जान्नुपर्छ ।”

यसअघि आइतबार रुसले युक्रेनको उत्तरपूर्वी शहर सुमीमा घातक आक्रमण गरेको थियो । यसमा धेरै मानिसहरू मारिए । यस विषयमा व्यापक आक्रोश व्यक्त गरिएको थियो । ट्रम्पको यो बयान यसपछि आएको हो ।

यता, जेलेन्स्कीले ट्रम्पलाई युक्रेन भ्रमणको निम्तो दिएका छन् । जेलेन्स्कीले युद्ध अन्त्य गर्न रुससँग कुनै पनि सम्झौता गर्नुअघि ट्रम्पले युक्रेनको भ्रमण गर्नुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved