च्याम्पियन्स लिग: पीएसजीको घरेलु मैदानमा एस्टन भिल्लालाई कठिन चुनौती

नेपालभ्युज

च्याम्पियन्स लिग: पीएसजीको घरेलु मैदानमा एस्टन भिल्लालाई कठिन चुनौती

काठमाडौं । यूईएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनल अन्तर्गत दोस्रो लिगमा आज राति एस्टन भिल्लाले पेरिस सेन्ट जर्मेन (पीएसजी) को सामना गर्दैछ। नेपाली समयअनुसार खेल राति १२ः४५ बजे पीएसजीको घरेलु मैदानमा सुरु हुनेछ।

पहिलो लिगमा एस्टन भिल्लाको मैदानमा पीएसजीले १-० ले पछि परेको स्थिति उल्टाउँदै ३-१ को प्रभावशाली जित निकालेको थियो। फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको पीएसजी जारी सिजन उत्कृष्ट लयमा छ। यसअघि प्रि-क्वाटरफाइनलमा पीएसजीले प्रिमियर लिग लिडर लिभरपुललाई पराजित गरेको थियो।

उता, एस्टन भिल्लाले पोर्चुगिज क्लब बुर्गलाई हराएर क्वार्टरफाइनलमा स्थान बनाएको हो। पहिलो लिगमा राम्रो नतिजा निकालेको पीएसजी आज घरेलु मैदानमा खेल्दा दबाबरहित हुने देखिन्छ।

पहिलो खेलमा आफ्नै मैदानमा ३-१ ले पराजित भएको एस्टन भिल्लालाई भने सेमिफाइनलमा पुग्न आज पीएसजीलाई कम्तीमा ३ गोलको अन्तरले हराउनुपर्ने चुनौती छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved