‘मेसीयुग’पछि बार्सिलोना पहिलोपटक च्याम्पियन्स लिगको सेमिफाइनलमा

नेपालभ्युज

‘मेसीयुग’पछि बार्सिलोना पहिलोपटक च्याम्पियन्स लिगको सेमिफाइनलमा

काठमाडौं । आफ्ना स्टार खेलाडी लियोनल मेसीले क्लब छोडेयता बार्सिलोना पहिलोपटक युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । स्पेनिस क्लब बार्सिलोना ६ वर्षपछि यस प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

अर्जेन्टिनाका सुपरस्टार मेसीले बार्सिलोनाको सिनियर टोलीमा सन् २००४ देखि खेलेका थिए । यो बीचमा बार्सिलोनाले चारवटा च्याम्पियन्स लिग जितेको थियो । यसर्थ यस समयलाई ‘मेसीयुग’ भनिन्छ ।

लियोनल मेसी

यसअघि बार्सिलोना सन् २०१९ मा अन्तिम चारमा पुग्न सफल भएको थियो । २०२१ का मेसीले क्लब जोडेपछि बार्सिलोनाको प्रदर्शन खस्किएको थियो । विशेषगरी च्याम्पियन्स लिगमा खराब नतिजा आइरहेको थियो । जर्मन प्रशिक्षक हान्सी फ्लिकले कमान्ड सम्हालेसँगै यो पटक भने बार्सिलोना लयमा देखिएको छ ।

यद्यपि, पाँच पटकको विजेता बार्सिलोनाको यसपटकको यात्रा पनि सहज भने रहेन । जर्मन क्लब बोरुसिया डर्टमन्डसँग क्वार्टरफाइनलको दोस्रो लेगमा बार्सिलोना ३–१ ले पराजित भयो । बार्सिलोनाले सन् २०२५ मा पहिलो हार बेहोरेको हो ।

पहिलो लेगमा घरेलु मैदानमा बनाएको ४–० को बलियो अग्रताले बार्सिलोना समग्रमा ५–३ को सेमिफाइनल पुगेको हो ।

डर्टमन्ड सिग्नल इडुना पार्कमा आक्रामक शैलीमा उत्रियो । सर्हो गुइरासीको प्रभावशाली प्रदर्शन गरे ।

गिनीका अन्तर्राष्ट्रिय खेलाडी गुइरासी क्याटालान टोलीविरुद्ध प्रत्येक खेलमा निर्णायक बनेका छन् । यसपटक उनले घरेलु टोलीको तर्फबाट ह्याट्रिक गर्दै पुनरागमन प्रयासको नेतृत्व गरे ।

समूह चरणको खेलमा बार्सिलोनासँगको २–३ को हारमा उनले डर्टमन्डका लागि दुवै गोल गरेका थिए । यसपटक ह्याट्रिक पूरा गरे । तर उनको यो प्रदर्शन पनि नतिजा बदल्न पर्याप्त भएन ।

गुइरासीले ११औं पेनाल्टीमा पहिलो गोल गरे । उनले दोस्रो गोल ४९औं मिनेटमा गरे ।

डर्टमन्डका डिफेन्डर रामी बेन्सेबैनीले रोबर्ट लेवान्डोस्कीको दबाबमा आत्मघाती गोल गरेपछि बार्सिलोना फाइदा पुग्यो ।

गुइरासीले ७६औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । तर, पहिलो लेगको फराकिलो हारका कारण टोली क्वार्टरफाइनलबाटै बाहिरियो ।
बार्सिलोनाले अब सेमिफाइनलमा इन्टर मिलान वा बायर्न म्युनिखसँग प्रतिस्पर्धा गर्नेछ ।

अर्को क्वार्टरफाइनलको दोस्रो लेगमा इङ्लिस क्लब एस्टन भिल्लासँग ३–२ ले पराजित हुनका बाबजुद फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ५–४ को अग्रतासहित सेमिफाइनल पुगेको छ ।

दोस्रो लेगमा पराजित हुनका बाबजुद पीएसजी सेमिफाइनलमा

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved