कार्यालय समयमा शिक्षकको आन्दोलन, माइतीघर–नयाँ बानेश्वर सडक ठप्प (तस्वीरहरू)

नेपालभ्युज

कार्यालय समयमा शिक्षकको आन्दोलन, माइतीघर–नयाँ बानेश्वर सडक ठप्प (तस्वीरहरू)

काठमाडौं । कार्यालय जाने समयमा शिक्षकले गरेको प्रदर्शनले काठमाडौंमा सवारी आवागमनमा बाधा पुगेको छ ।

शिक्षकहरूले आज (आइतबार) बिहान ९ बजेदेखि प्रदर्शन गर्दा माइतीघर–नयाँ बानेश्वर सडकखण्ड ठप्प बनेको हो ।

आन्दोलनले कार्यालय जानेहरू समस्यामा परेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि आज आन्दोलन गर्ने भएका कारण नेपाल शिक्षक महासङ्घले माइतीघर–बानेश्वर सडकखण्डमा गर्ने प्रदर्शनको समय परिवर्तन गरेको थियो ।

यसअघि दिउँसो १२ बजेदेखि ३ बजेसम्म प्रदर्शन गर्दै आएकोमा आइतबार बिहान ९ बजेदेखि १२ बजेसम्म प्रदर्शन गर्ने निर्णय गरेको महासङ्घका अध्यक्ष लक्ष्मी किशोर यादवले जानकारी दिए ।

महासङ्घले राप्रपाले पनि सोही क्षेत्रमा प्रदर्शन गर्ने कार्यक्रम तय गरेपछि सम्भावित असहज परिस्थितिलाई ध्यानमा राख्दै आफ्नो प्रदर्शनको समय परिवर्तन गरेको जनाएको छ ।

शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै गत चैत २० गतेदेखि माइतीघर–बानेश्वर क्षेत्रमा निरन्तर प्रदर्शन गरिरहेका छन् । सरकारसँग वार्ता भए पनि सहमति जुट्न नसकेपछि उनीहरूले आन्दोलन जारी राखेका हुन् ।

हेरौं तस्वीरमा :


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved