सुनचाँदीको मूल्य स्थिर

नेपालभ्युज

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार घटेको सुनको मल्य आज स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बिहीबार सुनको मूल्य तोलाको १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार हुँदै उच्च मूल्यको रेकर्ड कायम गरेको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि स्थिर छ । चाँदी तोलाको १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved