सुनको भाउ फेरि आकासियो, मूल्य अहिलेसम्मकै उच्च

नेपालभ्युज

सुनको भाउ फेरि आकासियो, मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा सोमबार सुनले उच्च मूल्यको रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलाको १ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । जुन अहिलेसम्मकै उच्च हो ।

सुन आइतबार तोलामा १ लाख ८९ हजार ८०० रुपैयाँमा भएको थियो भने आज तोलामा २ हजार २ सय रुपैयाँले बढेको हो ।

यसअघि गत बिहीबार सुनको मूल्य तोलाको १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार हुँदै उच्च मूल्यको रेकर्ड कायम गरेको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved