कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्रीको निर्देशन

नेपालभ्युज

कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्रीको निर्देशन

काटमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न राष्ट्रिय परीक्षा बोवर्डलाई निर्देशन दिएका छन् ।

बालुवाटार पुगेका परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री ओलीले केहीदिन परीक्षा सार्न निर्देशन दिएका हुन् ।

यसअघि परीक्षा बोर्डले तोकिएको समयमै वैशाख ११ गते नै परीक्षा गर्ने निर्णय गरेको थियो ।

निजामती कर्मचारीलाई  प्रयोग गरेर भएपनि परीक्षा गर्ने तयारीमा बोर्ड थियो । नेपाल शिक्षक महासंघले परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई समेत आन्दोलनमा बोलाएको थियो । शिक्षकहरूले परीक्षा सञ्चालन प्रक्रियामा सहभागिता नहुने अडान लिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved