जम्मू–कश्मीर घटनाबारे पाकिस्तान : हाम्रो कुनै सम्बन्ध छैन, भारतको आन्तरिक मामिला हो

नेपालभ्युज

जम्मू–कश्मीर घटनाबारे पाकिस्तान : हाम्रो कुनै सम्बन्ध छैन, भारतको आन्तरिक मामिला हो
पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफ

काठमाडौं । पाकिस्तानले भारतको जम्मू–कश्मीरस्थित पहलगाममा भएको आतङ्कवादी घटनासँग आफ्नो कुनै सम्बन्ध नभएको जनाएको छ ।

पहलगाम आक्रमणका बारेमा  पाकिस्तानको एक समाचार च्यानलसँग कुरा गर्दै त्यहाँका रक्षामन्त्री ख्वाजा आसिफले यो भारतको आन्तरिक मामिला भएको बताएका हुन् ।

‘यस आक्रमणमा पाकिस्तानको कुनै सम्बन्ध छैन । यो भारतको आन्तरिक मामिला हो,’ उनले भने ।

यसैबीच पाकिस्तानी सरकारले बुधबार एक विज्ञप्ति जारी गर्दै घटनाप्रति दुःख व्यक्त गरेको छ ।

‘जम्मू–कश्मीरको अनन्तनाग जिल्लामा भएको आक्रमणमा पर्यटकहरूको मृत्यु भएकोमा हामी गहिरो दुःखी छौं । हामी मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दछौं र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

पहलगाममा मङ्गलबार साँझ भएको आतङ्कवादी आक्रमणमा परी कम्तीमा २६ जनाको ज्यान गएको छ । जसमा एक नेपाली सुदीप न्यौपानेले पनि ज्यान गुमाएका छन् ।

जम्मू–कश्मीरमा भएको जघन्य आतङ्कवादी हमलाबाट हामी दुःखी भएका छौं : परराष्ट्रमन्त्री राणा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved