न्युजिल्याण्डविरुद्धको एकदिवसीय सिरिज अष्ट्रेलियालाई

न्युजिल्याण्डविरुद्धको ३ खेलको एकदिवसीय सिरिजमा अस्ट्रेलियाले लगातार दोस्रो जित निकाल्दै सिरिज जितेको छ। अस्ट्रेलियाको केन्र्समा बिहीबार भएको दोस्रो खेलमा अस्ट्रेलियाले न्युजिल्याण्डलाई ११३ रनले पराजित गर्दै उपाधि जितेको हो।

नेपालभ्युज

न्युजिल्याण्डविरुद्धको एकदिवसीय सिरिज अष्ट्रेलियालाई

काठमाडौँ। न्युजिल्याण्डविरुद्धको ३ खेलको एकदिवसीय सिरिजमा अस्ट्रेलियाले लगातार दोस्रो जित निकाल्दै सिरिज जितेको छ। अस्ट्रेलियाको केन्र्समा बिहीबार भएको दोस्रो खेलमा अस्ट्रेलियाले न्युजिल्याण्डलाई ११३ रनले पराजित गर्दै उपाधि जितेको हो।

न्युजिल्याण्डले टस जितेर फिल्डिङ रोजेसँगै पहिले ब्याटिङ गरेको घरेलु टोलीले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ९५ रन बनाएको हो। अस्ट्रेलियाको लागि स्टिभन स्मिथले ६१ र ग्लेन म्याक्सवेल २५ रन बनाए।

न्यजिल्याण्डका ट्रेन्ट बोल्टले ४ र म्याट हेनरीले ३ विकेट लिए। १९६ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको न्युजिल्याण्ड ३३ ओभरमा समेटिंदा मात्र ८२ रन बनाएको थियो । उसका लागि केन विलियमशनले १७ र मिचेल सेन्टनरले अविजित १६ रन बनाए । न्युजिल्याण्डलाई सस्तैमा समेट्न एडम जाम्पाले ५ र सेन एबटले २ विकेट लिए।

सिरिजअन्तर्गतको पहिलो खेलमा भने अस्ट्रेलियाले न्युजिल्याण्डलाई २ विकेटले पराजित गरेको थियो । आइतबार हुने तेस्रो खेलमा दुई राष्ट्र १० बजे आमने सामने हुनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved