ऐश्वर्याले खोलिन् ठूलो रहस्य, किन छोडेकी थिइन् भन्सालीको ब्लकबस्टर फिल्मको अफर ?

नेपालभ्युज

ऐश्वर्याले खोलिन् ठूलो रहस्य, किन छोडेकी थिइन् भन्सालीको ब्लकबस्टर फिल्मको अफर ?

एजेन्सी । ऐश्वर्या राय बच्चनले कयौं त्यस्ता फिल्ममा काम गरिसकेकी छन् जसको भूमिका अहिले पनि मानिसहरुको मनमा बसिरहेको छ ।

सन् २०१५ को ठूलो फिल्ममा पनि उनी आउँदै थिइन् । तर, स्रोतका अनुसार उनले आफ्नो को–स्टारका कारणले फिल्म गर्न मानेकी थिइनन् । ऐश्वर्याले खुलासा गरेकी छन् आखिर सच्चाई के थियो ।

सन् २०१५ को सुपरहिट फिल्म ‘बाजिराव मस्तानी’ जसमा रणवीर सिंह र दीपिका पादुकोणको केमेस्ट्री देखेर सबै मोहित भएका थिए । रणवीरले उक्त फिल्ममा शरीरमा काँडा नै उम्रने खालको अभिनय गरेका थिए । तर, धेरै कमलाई थाहा छ यो फिल्ममा दीपिकाको ठाउँमा ऐश्वर्या राय देखिने कुरा थियो ।

संजय लीला भन्सालीले फिल्म ‘हम दिल दे चुके सनम’पछि सलमान खान र ऐश्वर्यालाई बाजीराव मस्तानीमा पनि कास्ट गर्न चाहन्थे । एक खबरअनुसार, सन् २००३ मा नै यो फिल्मको घोषणा गरिसकिएको थियो । फिल्ममा काशीबाईको भूमिका लागि अभिनेत्री भूमिका चावलाको नाम पनि सोंचिएको थियो । तर, सलमान खानका कारणले गर्दा ऐश्वर्या रायले यो प्रस्ताव अस्वीकार गरिन् । तर, ऐश्वर्याले यसबारेको साँचो कुरा खुलासा गरेकी छन् ।

ऐश्वर्या रायको एउटा भिडियो भाइरल भइरहेको छ । जसमा ऐश्वर्या करण जौहरको च्याट शोमा देखिएकी छन् । उनले भन्सालीको बाजीराव मस्तानीमा आफूले काम गर्न चाहेको बताएकी छन् ।

तर, उनले भन्सालीले चाहेअनुसारको कलाकारसँग भने नचाहेको बताइन् । खबर यस्तो आयो कि अभिनेत्रीले फिल्म छोडिन् तर, ऐश्वर्याले यसबारेमा कुनै कुरा नभएको बताइन् । किनकी उनी त्यो समयमा अस्पतालमा भर्ना भएकी थिइन् ।

बाजीराव मस्तानीका लागि ऐश्वर्या मात्र नभएर, सलमान, शाहरुख खान, अजय देवगन, ऋतिक रोशन र कैटरीना कैफ जस्ता कलाकारहरुको पनि नाम अगाडि आएको थियो । तर, फिल्ममा रणवीर सिंह र दीपिका पादुकोणले बाजीराव र मस्तानीसँग इतिहास रचे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved